वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने तालिम खारेज गर्ने तयारी

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमप्रदायक संस्थाहरूले अभिमुखीकरण तालिमको प्रमाणपत्र बेच्न थालेपछि श्रम मन्त्रालयले अनिवार्य तालिम लिनुुपर्ने व्यवस्था नै खारेज गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई गन्तव्य मुलुकको नीति-नियम, संस्कृति, भाषालगायतका विषयमा जानकारी दिन पूर्वप्रस्थान अभिमुखीकरण तालिमको व्यवस्था गरेको हो । 
 
यस्तो तालिमको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै कामदारले अन्तिम श्रम स्वीकृति पाउँछन् । तर, तालिम नै नलिएका कामदारलाई तालिमप्रदायक संस्थाहरूले कानुनविपरीत प्रमाणपत्र बिक्री गरेको पाएपछि मन्त्रालयले यस विषयमा छलफल सुरु गरेको हो ।
 
 मन्त्रालयले यस विषयमा विभाग र बोर्डसँग सुझाव मागेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । केही दिनमा नै यसको टुंगो लगाइने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।