विनियमदरः यूरो र पाउन्डको मूल्य घट्यो

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य बढ्दा यूरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य घटेको छ।
 
आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो। 
 
त्यसैगरी आजको लागि युरोपियन यूरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो यूरो १ को खरिदर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा थियो। 
 
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो। 
 
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा थियो।