नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी-२० शृंखलाको पहिलो खेल खेल्ने

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ ।
 
विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।
 
नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी-२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।
 
शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेकोले दुबै टोलीलाई वर्षाको डर छ ।