वीरगन्जमा तीन दिने राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं । 
वीरगन्जमा तीन दिने राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । 
 
नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप सम्पन्न भएको हो । 
 
प्रतियोगीतामा १८ वर्ष मुनि काठमाडौंका पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् । 
    
१६ वर्ष मुनि पविलिओन्स चेस एकेडेमीका अनुष्ण गौतम प्रथम, पविलिओन्सकै आद्यन्त काफ्ले द्वितिय भ‌ए भने विरगञ्जका क्षितिज सेन तृतिय भएका छन् । 
 
त्यसैगरी १४ वर्ष मुनीमा बाँकेका अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र पविलिओन्स चेस एकेडेमीका कशिव कार्की तृतिय भएका छन्  । 
 
१२ वर्ष भन्दा कम उमेरका तर्फबाट मिसन युथ कल्बका अबिन पाण्डे प्रथम, पविलिओन्स चेस एकडेमीका ओस्कार पन्थी द्वितिय र मकवानपुरका सरल मैनाली तृतिय भएका छन् ।
 
त्यस्तै १० वर्ष मुनीतर्फ पविलिओन्स चेस एकडेमीका अग्रिम सैँजु प्रथम, काठमाण्डौका हार्दिक पन्त द्वितिय र ललितपुरका साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनि तर्फ पविलिओन्स चेस एकडेमीका सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् । 
 
त्यसैगरी छात्रा अन्तर्गत १८ वर्ष मुनीतर्फ विरगञ्जका सनम श्रेष्ठ विजेता भ‌ईन भने विरगञ्जकै साक्षी साह उपविजेता बनेकी छिन् । 
 
१६ वर्ष मुनि पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छिन्। 
 
त्यसैगरी १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनी मिसन युथ क्लवकी बिबिशा तामाङ् विजयी हुँदा पाविलिओन्स चेस एकेडेमीकी तचिता अग्रवाल उपविजेता बनेकी छिन् ।
 
१० वर्ष मुनी ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ पाविलिओन्स चेस एकेडेमीकी अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छिन् । 
 
बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
 
समापन कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएको प्रति खुशी व्यक्त गरे ।
 
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरेका छन्। खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको भनाई छ ।       
 
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने बताएका छन् ।