ललितपुरको लालीगुराँस बहुउद्देशीय सहकारीका बचकर्तालाई अनलाइन मागदाबी पेस गर्न आहवान

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाका बचकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको छ ।
 
सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देशीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो ।
 
समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचकर्तालाई आह्वान गरेको हो ।