दोस्रो एकदिवसीयमा नेपाल ‘ए’ ११४ रनले पराजित

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । 
 
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।