मौसम मुख्यतया सफा रहने

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको जनाएको छ ।
 
महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
 
महाशाखा अनुसार कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 
आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
 
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
 
राती भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 
आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ ।