विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बैशाख ०६,२०८१

-आस्था न्यूज

बैशाख ६, २०८१ काठमाडौं ।
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
 
बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
 
आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।