बिहीबार तोलामा ६०० रुपैयाँले घट्यो सुन

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।
 
अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।