सेयरबजारमा आज पनि दोहोरो अङ्कको गिरावट

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
२०८१ साल लागेपछिको चौथो दिनको कारोबारमा पनि सेयरबजारमा गिरावट नै आएको छ ।
 
मङ्गलबार १४.८१ अङ्कले घटेको सेयरबजार आज थप १९.५६ अङ्कले घटेर १९७२.१४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा पोखरा फाइनान्स, खानीखोला हाइड्रो, मध्य भोटेकोशी हाइड्रो र पिपुल्स पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा रुरु हाइड्रो र गोर्खाज् फाइनान्स रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज कुनै पनि उपसूचक बढ्न सकेन । यसैगरी आज लघुवित्त समूहको उपसूचक सर्वाधिक १.७२ प्रतिशतले घट्दा उत्पादन तथा प्रसोधन समूहको उपसूचक १.५४ प्रतिशतले घट्यो ।