कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने

बैशाख ०७,२०८१

-आस्था न्यूज

वैशाख ७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।
 
‘प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैरसंवैधानिक काम गर्नुभएको छ । असंवैधानिक हिसाबले बोलाइएको बैठकमा हामी सहभागी नहुने निर्णय भएको छ,’ दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘सभामुख ज्युले पनि बैठक सञ्चालन गर्न भएन ।’ 
 
कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।