जेठ ७, २०८१ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।