वैशाख ४, २०८१ काठमाडौं। बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका ४ का काका नाता पर्ने एक जनालाई पक्राउ गरेको छ। पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो।