फागुन २०, २०८० काठमाडौं । मुटुसम्बन्धी रोगबारे सर्वसाधारणलाई सचेत र सजग हुन विशेषज्ञहरूले सुझाएका छन् । आइतबार पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको मुटुरोगबारे सचेतना कार्यक्रममा मुटुरोग विषेशज्ञहरुले नेपालमा बर्सेनि मुटुको समस्याका कारण हुने मृत्युदरमा बृद्धि आइरहेकोले खानपिन, नियमित चेकजाँच, स्वास्थ्य परीक्षण, नियमित व्यायाम आवश्यक रहेको उल्लेख गरे ।