फागुन २१, २०८० काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शैक्षिक,आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताएकी छन् । पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँदै भण्डारीले त्यसका विरुद्धमा निरन्तर सङ्घर्ष गरिराख्नुपर्ने बताएकी हुन् ।