फागुन २२, २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन् । उनले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन् । माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।