फागुन २१, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ । त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन् । सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका थिए । त्यहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन् । त्