माघ ९, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेद्वारा गत मंसिर १४ देखि पुस १ सम्म आयोजना गरिएको झुलाघाट-चिवाभञ्ज्याङको संकल्प यात्राले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन्। मंगलबार बिहान एमालेका प्रतिनिधि मण्डलसँगको भेटमा उनले सो प्रतिक्रिया दिएका हुन्। संकल्प यात्राका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो। यात्राका क्रममा आफूहरूलाई कुल ७५१