माघ ८, २०८० काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू सेवा सुरु भएको छ । सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आईसीयू कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।