माघ ४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डाका लागि प्रस्थान गर्नुअघि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ वटा निर्णय गरेको थियो । उक्त निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश-२०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र ग्रीन हाइड्रोजन नीति–२०८० स्वीकृत गर्ने, बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा