माघ ५, २०८० काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाको विषयमा भएको छलफलमा उनले काममा ढिलाई भएको स्वीकार गर्दै अहिले गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका हुन् ।