वैशाख २६, २०८१ काठमाडौं । खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ । आफूले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ ।