कालो हरिण शिकार मामिलामा बलिउड अभिनेता सलमान खान दोषी ठहर भएका छन । सन् १९९८ मा राजस्थान जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खान र अन्य ५ माथि मुद्दा दर्ता गरिएको थियो । सलमान खानका साथ फिल्म अभिनेता सैफ अली खान र अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यसमा मुछिएको थियो ।