Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

बाँध भत्किँदा केन्यामा ३२ जनाको मृत्यु

केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले ३२ जनाको ज्यान गएको र केही व्यक्ति हराइरहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।