अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच भएको ऐतिहासिक भेटवार्ता पछि आयोजना गरिएको एक समारोहमा दुवैले एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् । ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताएका छन् ।