Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

ओमिक्रोन भाइरसबाट बेलायतमा एक जनाको मृत्यु, संक्रमणलाई हल्का ढंगले नलिन आह्वान

मङ्सिर २८, २०७८ काठमाडौं। बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे । उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ ।