कात्तिक १२,२०७८काठमाडौं । उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ । कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र खाद्यान्न अभाव देखिएको हो । बालीनाली भित्र्याउने समय नजिकिइरहेका बेला उत्तर कोरियामा खाद्यान्न र आर्थिक अवस्था डरलाग्दो भएको अन्तर्राष्ट्रिय पर्य