Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

चीन कसैसँग नझुक्ने र कसैको दबाबमा नपर्ने राष्ट्रपति सीको चेतावनी

असार १८, २०७८ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी जिनपिङले चीन कसैसँग नझुक्ने र कसैको दबाबमा नपर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को एक सयौँ वर्ष पूरा भएको अवसरमा बेइजिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिनियाँ नागरिकलाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले चीनलाई दबाउने दृष्टि राख्नेलाई ठूलो नोक्सानी हुने चेतावनी पनि दिनु भएको छ ।