फागुन ८,२०७७ काठमाडौं । बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ । बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गर्नुभएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो ।