पुस १२,२०७७ काठमाडौं । बेलायतका वैज्ञानिकहरूले कोभिड-१९ बाट आपतकालीन रक्षा गर्न सक्ने एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भएका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ । संक्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ ।