Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा दुई दिन कर्फ्यु

पुस २१, २०७८ काठमाडौं। भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् । उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । न