असार १३, २०७९ काठमाडौं । जी-सेभेन राष्ट्रका नेताहरूले चीनको ट्रिलियन डलरको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को सामना गर्न विकासोन्मुख देशहरूमा पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएका छन् । यसको लागि पाँच वर्षभित्र निजी र सार्वजनिक कोषमा ६०० बिलियन डलर जुटाउने वाचा जी-सेभेनका नेताहरूले गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य जी–सेभेनका नेताहरूले आइतबार दक्षिणी जर्मनीको श्लोस एल्माउमा आयोजित वार्षिक भेलामा विश्वव्यापी पूर्वाधार र लगानीका लागि साझेदारीुलाई पुनः सुरु गर्ने बताएका हुन्