Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

भारतमा पर्यटक डुंगा डुब्दा २२ जनाको मृत्यु

बैशाख २६, २०८० काठमाडौं । भारतमा एउटा पर्यटक डुंगा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन । दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुंगा र वरपर बाँचेकाहरूको खोजी सुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।