
मंसिर २७, २०८० काठमाडौं । शेयर बजार आज बुधवार सामान्य बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।