Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

एमडिएमएस आजबाट लागुः अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण

कार्तिक २०, २०८० काठमाडौं । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर आजबाट पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले पटकपटक सञ्चालनको घोषणा गरिएको एमडिएमएस परीक्षणको एक वर्षपछि प्राधिकरणले सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणकले जनाएको छ ।