फिजिमा ८.२ रेक्टरको शक्तिशाली भूकम्प

भाद्र ०३,२०७५

-

 
 भदौ ३, २०७५ एजेन्सी । 
  
फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ ।
 
आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
 
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।
 
अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आए पनि यसले कुनै क्षती नपुगेको जानकारी दिएको छ ।  
  
‘मैले क्षतीको त्यति आशा गरेकी छैन ।  मानिसहरुले यो महसुस गर्छन् तर कुनै क्षती भने हुनेछैन,’ अमेरिकी भूगर्भ विभागकी जियोफिजिस्ट जाना पर्सलेले रोयटर्सलाई भनिन् ।
 
भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नरहेको सिभिल डिभेन्सका प्रवक्ताले जानकारी दिए ।
 
 
एजेन्सी