अर्थतन्त्रबारे नबुझी टिप्पणी सञ्चारमाध्यमहरुलाई अर्थमन्त्रीको आग्रह

आश्विन ०२,२०७६

-

असोज २,२०७६ काठमाडौं । 
युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । 
 
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो । आफूले नीति, निर्माणको तहमा २५-३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन्भन्ने? अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उहाँको तर्क थियो ।
 
बिहीबार काठमाण्डौको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ? भनेर यकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
 
उहाँले देशको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।
 
अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र देशका लागि उपयुक्त हुने(नहुने बहसको विषय भएको पनि बताउनु भयो । उहाँले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहोर्‍याउनु भयो ।