यौन सम्पर्कको माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि !

कार्तिक २३,२०७६

-

कात्तिक २३,२०७६ काठमाडौं ।
स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।
 
स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । 
 
क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन् ।
 
उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो । उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरु पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन् ।
 
उनी भन्छिन्, उनको साथीमा पनि त्यस्तै लक्षण देखिएको थियो । तर दश दिन पहिले केही कम भएको थियो । उनी पहिले क्यूबा अनि डोमिनिकन गणराज्यको भ्रमणमा गएका थिए ।’
 
उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो । त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो । जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।