अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग अन्तर्गत सार्वजनिक सुनुवाइ सुरु

कार्तिक २८,२०७६

-

कात्तिक २८,२०७६ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धमा महाभियोग जाँच अन्तर्गत पहिलोपटक वाशिङटनमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । 
 
ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेनमाथि छानबिन गर्नका लागि युक्रेनका राष्ट्रपति बोलोदमीर जेलेन्स्कीमाथि दबाब दिएको आरोप छ । यद्यपि ट्रम्पले यसलाई लगातार अस्वीकार गर्दै आइरहेका छन् । 
 
ट्रम्पले आफूलाई महाअभियोगको सुनुवाइप्रति कुनै चासो नरहेको  बताएका छन् । राष्ट्रपति ट्रम्प आफ्नो कार्यालयमा टर्कीका राष्ट्रपति रिचप तैयप अर्दोआनसँग बुधबार छलफल गरिरहेका थिए । 
 
ट्रम्पले भने, मलाई यो सुुनुवाइ हेर्ने फुर्सद छैन । यो दुर्भावनाबाट प्रेरित रहेको छ । यो धोखाधडी हो ।’’ ट्रम्पका जेठा छोराले ट्विट गर्दै यो सुनुवाइको निन्दा गर्दै लेखेका छन्,यो पहिलो ती सम्भ्रान्त राजनीतिज्ञको सटिक उदाहरण हो जो अमेरिकाप्रति घृणा गर्दछन् ।’’ बीबीसी