नेपालमा कोरोना भाइरसबाट १३ जनाको मृत्यु,संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

जेठ २४,२०७७

-

जेठ २४,२०७७ काठमाडौं ।
शनिबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाका अनुसार बझंङ, कञ्चनपुर, अछाम, डढेलधुरा, जुम्ला, दैलेख, डोल्पा, सुर्खेत, जाजरकोट, रुपन्देही, अर्घाखाची, भक्तपुर, धनुषा, कपिलवस्तु, काठमाडौं, महोत्तरी, रौतहट, सर्लाही लगाएतका ७० जिल्लाका रहेका छन् ।
 
डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।
 
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।  यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो। 
 
यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि मृतक एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।