भदौ १ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
 
सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ । 
 
साथै विद्यालयले  २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । 
 
भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पुर्‍याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।