सांसद् गोकर्ण विष्टले पनि फिर्ता गरे दसैं भत्ता

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
नेकपाका सांसद गोकर्ण विष्टले दसैं भत्ता फिर्ता गरेका छन् । उनले सोमबार मुलुक कोरानाले आक्रान्त बनेको भन्दै यस्तो बेलामा दसैं भत्ता लिनु अनुपयुक्त भएको भन्दै फिर्ता गर्ने निर्णय लिएको जनाएका छन् ।
 
‘देशले कोरोनाको महा सङ्कट सामना गरिरहेको र नागरिकहरूले उपचारमा समेत कठिनाइ भोगिरहेको अवस्थामा सांसदको हैसियतले दसैँखर्च लिनु उपयुक्त नलागेकाले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको छु,’ विष्टले भनेका छन् ।
 
यसैबीच नेकपाका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने गरी छलफल भइरहेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।