आहा-रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जित्यो

चैत्र २८,२०७७

-आस्था न्यूज

चैत २८,२०७७ काठमाडौं ।
 
आहा-रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४-० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।
 
यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।