चालू आवको अन्तिम महिनामा सवा ८ खर्ब राजस्व असुली

आषाढ २७,२०७८

-आस्था न्यूज

असार २७,२०७८ काठमाडौं ।
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । 
 
महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । 
 
यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत ९८९.६६० ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल लक्ष्यको करिब १० प्रतिशत मात्र राजस्व उठान नसकेको हो । 
 
महालेखा नियन्त्रण कार्यालयका अनुसार सो अवधीमा सरकारले गैर राजस्व शीर्षकमा अधिकतम ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६४.०३ प्रतिशत उठाएको छ । आर्थिक वर्षका लागि सरकारले गैर राजश्व शीर्षकमा ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।