नेप्से परिसूचक फेरि दोहोरो अंकले घट्यो

मंसिर १३,२०७८

-आस्था न्यूज

मंसिर १३, २०७८ काठमाडौं ।
सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक फेरि दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से २१.४८ अंकले घटेर २६ सय ३० विन्दुमा अडेको छ। कारोबारको अघिल्लो दिन आइतबार नेप्से ८० अंकले घट्दा कारोबार रकम ५ अर्बमा सिमित भएको थियो।
 
यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
 
यसदिन दुई कम्पनीबाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ। जलविद्युतको ०.०२ र सामूहिक लगानी कोषको ०.१२ प्रतिशतले सेयर परिसूचक बढेको हो। यसदिन होटल तथा पर्यटन समूहको सर्वाधिक २.२५ प्रतिशतले परिसूचक घटेको छ। यस्तै विकास बैंकको १.३६, वित्तको १.२८, र अन्यको १.९७ प्रतिशतले ओरालो लाग्दा बाँकी अन्य समूहको परिसूचक ०.९९ प्रतिशतसम्म घटेको छ।
 
सोमबार दुई कम्पनीको सेयर कारोबार मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रोपावरको ९.९९ र स्याम्लिङ पावर कम्पनीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो। यस्तै यसदिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड ४ लाख ७५ हजार ३४० रुपैयाँमा सेयर खरिदबिक्री भयो। नेसनल हाइड्रोपावर कम्पनीको १५ करोड १२ लाख ३ हजार ४४६ रुपैयाँमा सेयर खरिदबिक्री गरेर दोस्रो स्थानमा आएको छ।
 
आइतबार कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २९ करोड ८१लाख ९१ हजार बराबर मूल्यमा सेयर खरिद बिक्री भएको थियो।