आज सुन तोलामा दुई सयले सस्तियो

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं । 
सुनचाँदीको मूल्यमा आज बिहीबार गिरावट आएको छ । आज सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले घट्दा चाँदी पनि १५ रुपैयाँले सस्तिएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
आज चाँदी प्रति तोला एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।