दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन

पौष ११,२०७८

-आस्था न्यूज

पुस ११, २०७८ काठमाडौं ।
दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
 
दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।