पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेर आयो, डिजेल र हवाई इन्धनको भने फेरि बढ्यो

बैशाख ०५,२०७९

-आस्था न्यूज

वैशाख ५, २०७९ काठमाडौं ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।
 
पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान रहेको छ ।
 
यसअघि चैत महिनामा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।