फेरी बढ्यो सुनचाँदीको मूल्य

चैत्र ०९,२०७९

-आस्था न्यूज

चेत ९, २०७९ काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो ।
 
यस दिन छापावाल सुन तोलामा एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलामा एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।