बजेटसँगै वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
बजेटसँगै संसदमा प्रस्तुत हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ ।
 
आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार बसेको बैठकले दुवै दस्तावेज पारित गरेको हो ।
 
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट समेत आयोगबाट स्वीकृत भएको छ । बजेट सोमबार नै संसदमा प्रस्तुत हुनेछ ।